Sagun Khabar
कालीकोटमा विस्फोटक वस्तु पड्किँदा एक बालिकाको मृत्यु,चार जना बालबालिका घाइते
Atrya hospital

कालीकोट – कालीकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा विस्फोट वस्तु पड्किँदा एक बालिकाको ज्यान गएको छ । चार जना बालबालिका घाइते भएका छन् । ज्यान गुमाउनेमा चार वर्षीया झरना थापा रहेकी छिन् । 

घाइते हुनेमा तीन वर्षीया दर्शना राना, चार वर्षीया सरस्वती राना, पाँच वर्षीया मुस्कान राना र सात वर्षीय कमल थापा रहेका छन् । उनीहरु घर नजिकैको कोदोबारीमा खेलिरहेको अवस्थामा विस्फोटक वस्तु पड्किएको प्रहरी नायब उपरीक्षक डीएसपी जयश्वर रिमालले बताए ।

घाइतेहरुको जिल्लामा उपचार हुन नसक्ने भएपछि हेलिकप्टरमार्फत सुर्खेत लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update