Sagun Khabar
सुदूरपश्चिममा शनिबार ७९४ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी – सुदूरपश्चिममा शनिबार ७९४ जनाले कोरोना जितेका छन् । सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ७९४ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट ४ जनाको मृत्यु भएको छ । कैलालीका २, कञ्चनपुर र डडेल्धुराका एक÷एक जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८५ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ११८ नमूना परीक्षण गर्दा थप १८५ जनामा कोरोना पुष्टि भएको हो । 
 

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update