Sagun Khabar
दार्चुला घटना : पीडित परिवारलाई भारतीय पक्षले १६ लाख क्षतिपूर्ती दियो  

दार्चुला – दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का ९ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ ।

शनिबार धार्चुलास्थित एसडिएम कार्यालयमा नेपाली प्रशासन समेतको उपस्थितीमा भएको छलफलपछि तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्ति वापत १६ लाख रुपैयाँ उपलब्ध गराएको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।

Atrya hospital

पीडित परिवार, भारतीय प्रशासन र नेपाली प्रशासनबीच छलफल भएर कम्पनीले मृतकका बुवालाई १६ लाख क्षतिपूर्ती नगद हस्तान्तरण गरेको अध्यक्ष धामीले बताए । 

कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर शुक्रबार पवनको मृत्यु भएको भने उनकी दिदी १४ वर्षीय सरिना महरा घाइते छन् । अगामी दिनमा जिलेटिन विस्फोट गराउदा दुवै पक्षले पूर्व जानकारी दिनुपर्ने सहमति समेत भएको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update