Sagun Khabar
बझाङमा कुटपीटमा संलग्न रहेको आरोपमा वडा अध्यक्ष पक्राउ

बझाङ –बझाङमा कुटपिट गरेको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर खड्का पक्राउ परेका हुन् । 

खप्तडछान्ना गाउँपालिका–६ का टेकबहादुर खड्काले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।  सोही आधारमा वडाध्यक्ष खड्कालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Atrya hospital

यस्तै प्रहरीले ज्यान मार्ने उद्योग गरेको आरोप लागेका अन्य ६ जनाविरुद्ध पनि किटानी जाहेरी परेको तर उनीहरु फरार रहेको जनाएको छ । फरारहरुको खोजी कार्य भइरहेको बताइएको छ । कुटपिटको घटना कात्तिक ९ गतेको भएको प्रहरीको भनाइ छ ।

वडाध्यक्षसहितको समूहको कुटपिटमा परेका दुई जनाको धनगढीमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update