बझाङ –बझाङमा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्की पक्राउ परेका हुन् ।
सार्कीले ती बालिकालाई चक्लेट र बिस्कुट दिन्छु भनि गएको भदौ ९ गते ललाईफकाई गरी ३ पटक बलात्कार गरेको खुलेको छ । सार्कीलाई देखेर बालिका डराउँदै लुकेपछि बलात्कारको घटना बाहिर आएको हो ।
बालिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ ।
सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बालिकाको स्वास्थ्य परीक्षण भइसकेको र योनीमा चोट लागेको देखिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९ १७:४१
प्रतिक्रिया दिनुहोस्