Sagun Khabar
एमाले अध्यक्ष ओली कार्तिक १८ गते दार्चुला आउने, १० हजार जनता उतार्ने दाबी 

दार्चुला –आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको लागि नेकपा (एमाले) ले दार्चुलाको खलंगाबाट राष्ट्रव्यापी अभियान सुरु गर्ने भएको छ । अभियानलाई सम्बोधन गर्न कार्तिक १८ गते अध्यक्ष केपी शर्मा ओली आउने भएका छन् ।

ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावी सभाको उद्घाटन हुने भएपछि एमाले दार्चुलाले त्यसको तयारी तीव्र पारेको जनाएको छ । एमाले प्रचार विभाग प्रमुख खडक बडालले खलंगामा हुने चुनावी सभामा जिल्लाभरिका १० हजार जनता उतार्ने तयारी रहेको बताए । 

Atrya hospital

पहिलोपटक जिल्लाबाट देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता बढाउने एमालेको दाबी छ । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि पहिलोपटक दार्चुलामा ओलीको भ्रमण हुन लागेको हो । 

यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वरस्थित आमसभामा पुगेका थिए । ९ वर्षपछि पुनः दार्चुलामा हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गर्ने भएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update