Sagun Khabar
जिल्ला अस्पताल बैतडीद्वारा अक्सिजन प्लान्ट खरीदका लागि बोलपत्र आह्वान 
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बैतडीले अक्सिजन प्लान्ट खरीद र जडानका लागि बोलपत्र आह्वान गरेको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरीद गरी जडानका लागि बोलपत्र आह्वान गरिसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरीद र जडानका लागि संघीय सरकारले डेढ करोड र प्रदेश सरकारले ८० लाख रुपैंया पठाएको थियो । सोही अनुसार अक्सिजन प्लान्ट जडानका लागि बोलपत्र आह्वान गरिएको डा. जोशीले जानकारी दिए ।

यही जेठ २८ गते सम्म म्याद राखेर बोलपत्र आह्वान गरिएको उनले बताए । जिल्ला अस्पताल बैतडीमा अहिले ४६ ओट अक्सिजन सिलिण्डर छन् भने १८ ओटा अक्सिजन कन्सन्ट्रेटर छन् । 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update