Sagun Khabar
निर्वाचन प्रयोजनका लागि भारतले नेपाललाई दियो २ सय सवारी साधन 

काठमाण्डौं –अगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सञ्चालनका लागि भारत सरकारले नेपाललाई सवारी साधन सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट २०० वटा सवारी साधन हस्तान्तरण गरेका हुन् ।

यी सवारी साधनले नेपालका विभिन्न संस्थालाई निर्वाचनका लागि आवश्यक प्रबन्ध मिलाइ थप व्यवस्थित गर्न सघाउ पु¥याउने भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Atrya hospital

नेपालले प्राप्त गरेको सवारी साधनमा १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् । यी सवारी साधनको हस्तान्तरणले नेपालभर रहेका विभिन्न संस्थाको ढुवानी एवम् सञ्चालन प्रबन्धलाई थप व्यवस्थित बनाई निर्वाचनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सघाउ पु¥याउने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री शर्माले यी सवारी साधन लगायत विकास साझेदारीको रुपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update