काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी ओलीले मंगलबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा डिजिटल रूपमा चुनावी घोषणापत्रसार्वजनिक गरेका हुन्।
घोषणापत्रमा २० हजार शब्द रहेका छन्। जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ। घोषणापत्रमा सुशासन, विकास, समृद्धि र स्वाधीनता चार संकल्प व्यक्त गरिएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १६:४६
प्रतिक्रिया दिनुहोस्