Sagun Khabar
बैतडी पुगेर  ओलीले  भनेः  झुलाघाटमा पक्की पुल बन्छ, खानी  उत्खन्न गर्छौँ

बैतडी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  झुलाघाटमा पक्कि पुल बन्ने  बताएका छन् । एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनको  खुल्ला मञ्चमा  चुनावी  आमसभालाइ सम्बोधन गर्दै उनले भारतसँग सिमाना जोडिएको झुलाघाट नाकामा   पक्की पुल बन्ने र यहाँका फस्फोराइट खानी लगायतका खनिज पदार्थको उत्खन्न पनि गरिने  बताएका छन् । 

एमालेको सरकार बने  झुलाघाटमा पक्की  पुल र खनिज खानि उत्खन्न  गर्ने  उनले बताए । महाकाली करिडोरको काम र यहाँका कृषि क्याम्पसको समेत स्तरोन्ती  गरिने उनको  भनाई  थियो ।  बैतडेली जनातको उत्साह र माया प्रति  धन्यवाद व्यक्त गर्दै अध्यक्ष ओलीले बैतडीको  विकासका लागि प्रतिवद्ध रहेको बताए । 

Atrya hospital

यस्तै उनले चुनावी  आम सभालाई  सम्बोधन गर्दै बैतडीको तीनै क्षेत्रमा एमाले जित्ने बताए  । एमाले  विकास  र समृद्धि गर्न  सक्ने  पार्टी  भएको  भन्दै  उनले समग्र  देशको  विकासका लागि एमालेले  जित्न आवश्यक रहेको  बताएका छन् । 

एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनमा राखिएको  विशाल चुनावी आमसभालाई सम्बोधन गर्न ओली बैतडीको  पाटन  पुगेका हुन् । उनी संगै धर्मपत्नी राधिका  शाक्य , एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टपनि बैतडी पुगेका छन् ।

दार्चुलाको चुनावी आम सभालाई  सम्बोधन गरेर ओली  पाटन पुगेका हुन् । चुनावी देश दौडाहको सुरुवात गर्न सुदूरपश्चिम प्रदेश पुगेका ओली आजै कञ्चनपुर जाने कार्यक्रम रहेको  छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update