Sagun Khabar
दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा आज र भोलि सार्वजनिक बिदा 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । राष्ट्रको सातौं धामको रुपमा परिचित मालिकार्जुन धाममा जात्रा भएकाले सार्वजनिक बिदा दिइएको दुवै स्थानीय तहहरुले सूचना प्रकाशन गर्दै जानकारी दिएका छन् । 

आज र भोलि मालिकार्जुन धाममा जात्रा लाग्ने भएकाले नगरपालिका र गाउँपालिका  क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।  

Atrya hospital

प्रसिद्ध मालिकार्जुन धाममा कार्तिक शुक्ल त्रयोदशी र चतुर्दशीका दिन मेला लाग्ने गर्दछ । सो मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिराको कारोबार तथा सेवन गरेमा कानुन अनुसार कारवाही हुने मालिकार्जुन गाउँपालिका वडा नं ३ को कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update