Sagun Khabar
सुदूरपश्चिममा आइतबार ५३० जनाले कोरोना जिते, ९ जनाको मृत्यु 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा ५३० जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये ५३० जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी थप ९ जनाको मृत्यु भएको छ । कञ्चनपुरका २, कैलालीका २, डोटीका २,बैतडी, अछाम र बाजुराका थप १÷१ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १ हजार ३९० नमूना परीक्षण गर्दा थप १७६ जनामा संक्रमण पुष्टि भएको छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update