बैतडी –कोरोनाबाट बैतडीका थप एकजनाको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालमा उपचाररत बैतडीको दशरथचन्द नगरपालिका ४ का ८५ बर्षीया वृद्धाको मृत्यु भएको हो ।
यही जेठ २० गते जिल्ला अस्पताल बैतडीबाट रेफर गरिएका ती वृद्धाको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनमा जेठ २० गते नै कोरोना पुष्टि भएको थियो ।
यो संगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ १८:४४
प्रतिक्रिया दिनुहोस्