Sagun Khabar
बैतडीमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन 
Atrya hospital

बैतडी –बैतडीमा उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ । आइतबार साँझ सुर्नया गाउँपालिकाको सिउडेमा युवाहरुले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेका हुन् । उपप्रधानमन्त्री महतोले देशद्रोही अभिव्यक्ति दिएकाले पुत्ला दहन गरिएको पातालभुमेश्वर जागरण मञ्चका विनोद बिष्टले जानकारी दिए  ।

पातालभुमेश्वर जागरण मञ्च, नेचुरल अर्गनाइनेजसनमा आवद्ध युवाहरुले उपप्रधानमन्त्री महतोको पुत्ला दहन गर्दै नाराबाजी समेत गरेका छन् । उनीहरुले राष्ट्रघाती सम्झौता खारेज गर, उपप्रधानमन्त्री महतो मुर्दावाद लगायतका नाराहरु लगाएका थिए ।

उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसार नियम, कानुन र संविधान हुनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि अहिले त्यसको चौतर्फी विरोध भईरहेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update