Sagun Khabar
बझाङमा विप्लवका तीन कार्यकर्ता पक्राउ, चुनाव विरोधी गतिविधि गरेको आरोप 

बझाङ–बझाङमा चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै नेकपा विप्लवका तीनजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । आसन्न संसदीय निर्वाचन लक्षित गरेर जनतालाई भड्काउने गतिविधिमा संलग्न रहेको भन्दै चैनपुर अदालत नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

विप्लव नेतृत्वको नेकपा पार्टीका बझाङ र बाजुरा जिल्लाका इन्चार्ज अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल थापा, विकास जप्रेल र जनक नामका अर्का कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ । 

Atrya hospital

उनीहरुले मंसिर ४ को निर्वाचनलाई सशक्त ढंगले बहिस्कार गरौं। एमसिसिका मतियारलाई मतदान नगरौं लगायतका पोष्टर बजारभर टाँसिरहेका थिए । यसअघि आइतबार साँझ नेपाल कम्युनिस्ट पार्टीका ६० जनाको उपस्थितिमा राँके जुलुस कार्यक्रम पनि गरिएको थियो । 

विप्लव नेतृत्वको नेकपाले चुनावलाई बहिष्कार गर्ने अभियान चलाएको छ । यो चुनावको औचित्य नरहेको भन्दै उसले चुनाव विरोधी गतिविधि गर्दै आएको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update