Sagun Khabar
बझाङ : ढुङ्गाले लागेर गम्भीर घाइते भएकी महिला वडा सदस्यको हेलिकप्टरबाट उद्धार
फाइल फोटो
Atrya hospital

बझाङ –ढुङ्गा लागेर गम्भीर घाइते भएकी बझाङको साइपाल गाउँपालिका वडा नम्बर ३ की महिला वडा सदस्य दिकी गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

आइतवार बेलुका काया गाउँ नजिकै जालीगाण भन्ने ठाउँमा दाउरा बटुल्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर गुरुङ घाइते भएकी थिइन् । साइपाल गाउँपालिकाको आर्थिक सहयोगमा हेलिकोप्टरबाट घाइते वडा सदस्य गुरुङको उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताए । 

गम्भीर घाइते गुरुङलाई नेपालगञ्ज पुर्याइएको छ । गएको वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा उनी साइपाल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट महिला सदस्यमा निर्वाचित भएकी हुन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update