Sagun Khabar
बैतडीको दोगडाकेदारमा भर्चुअल माध्यमबाट नेतृत्व सीप विकास तालिम 
Atrya hospital

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा भर्चुअल माध्यमबाट नेतृत्व सीप विकास तालिम सम्पन्न भएको छ । दोगडाकेदार गाउँपालिकाको आर्थिक सहयोगमा पुष्पाञ्जली सामुदायिक विकास तथा उत्थान समाज बैतडीले तालिमको आयोजना गरेको हो । तालिममा संस्थाका अध्यक्ष गणेश पार्कीले सहजीकरण गरेका थिए  ।

यस्तै संस्थाले सूचना तथा सञ्चार प्रविधि र तरकारी खेती सम्बन्धि तालिम पनि भर्चुअल माध्यमबाटै सम्पन्न गरेको छ । कोरोना कहरका कारण भौतिक उपस्थितीमा तालिम सञ्चालन गर्न नसकिएपछि भर्चुअल माध्यमबाट तालिम सञ्चालन गरिएको पार्कीले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update