Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाले आन्तरिक मूल्यांकनबाट विद्यार्थीको परीक्षाफल प्रकाशन गर्ने 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गर्ने भएको छ । कोरोना भाईरसका कारण भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएकाले आन्तरिक मूल्याकंनबाट परीक्षार्थीहरुको अन्तिम नतिजा प्रकाशनको तयारी भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले जानकारी दिए । 

जेठ मसान्तभित्र कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशन गरिसक्न विद्यालयहरुलाई निर्देशन दिइएको उनले बताए । 

Atrya hospital

विद्यार्थीहरुको अन्तिम नतिजा प्रकाशनका लागि सम्बन्धित विद्यालयका प्रधानाध्यापकको नेतृत्वमा ३ सदस्यीय मूल्यांकन समिति गठन गर्न पनि भनिएको छ । 

यस्तै विद्यार्थीहरुको यसअघि लिएको परीक्षाको नतिजालाई आधार बनाएर परीक्षाफल प्रकाशन गर्न भनिएको छ ।कक्षाको ८ को परीक्षाको परीक्षाफल पनि आन्तरिक मूल्यांकनकै आधारमा गरेर प्रकाशन गर्न आग्रह गरिएको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए । 

कोरोना भाईरसको महामारीका कारण विद्यालय बन्द रहेकाले परीक्षाफल विद्यार्थी र अभिभावकहरुलाई फोन अथवा एसएमएसबाट जानकारी गराउन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update