Sagun Khabar
बैतडीमा गंगा श्री फाउण्डेसनद्वारा राहत वितरण 
फोटो : गंगा श्री फाउण्डेसनले राहत वितरणका लागि ल्याएको चामल 

बैतडी –बैतडीमा गंगा श्री फाउण्डेसनले राहत वितरण कार्य शुरु गरेको छ । कोरोना भाईरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण कार्य शुरु भएको फाउण्डेसनका अध्यक्ष गणेशबहादुर बिष्टले जानकारी दिए । 

सोमबार पाटन नगरपालिका वडा नं ४ का ६५ विपन्न परिवारलाई २५ केजीका दरले चामल वितरण गरिएको उनले बताए । कोरोनाका कारण छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण गरिएको हो । बिष्टले भने, ‘हामीले समस्यामा परेका नागरिकलाई केही खाद्य सामग्री सहयोग गरेका छौं । यसले समस्यामा परेका नागरिकलाई केही सहयोग पुगोस भन्ने हाम्रो चाहना छ ।’

Atrya hospital

यस्तै बुधबार पाटन नगरपालिकामा वडा नं ८ मा पनि राहत वितरणको तयारी भएको बिष्टले बताए ।  यसैगरी प्रहरी, स्वास्थ्य संस्था लगायतका ठाउँमा स्वास्थ्य सामग्री वितरणको कार्यक्रम समेत रहेको छ । 

गंगा श्री फाउण्डेसन जनता मावि आरुबाटाका पूर्व अध्यक्ष एवं पूर्व शिक्षक गंगासिंह बिष्टको स्मृतिमा स्थापना गरिएको हो । फाउण्डेसन समस्यामा परेका नागरिकलाई सहयोग गर्नका लागि स्थापना भएको फाउण्डेसनका अध्यक्ष बिष्टले जानकारी दिए । 

यस्तै फाउण्डेसनले पाटन नगरपालिका अन्तर्गतका ५ ओटा विद्यालयका ५ जना छात्रछात्रालाई ५ हजारका दरले छात्रवृति दिने तयारी समेत गरिएको छ । सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने फाउण्डेसनले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update