Sagun Khabar
ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाद्वारा अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री वितरण 

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले गाउँपालिकालाई ६ थान अक्सिजन सिलिण्डर, मास्क, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले बताए  ।

यस्तै अक्सिमिटर, प्याड, साबुन लगायतका सामग्रीहरु पनि वितरण गरिएका अवस्थीले जानकारी दिए । ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना अन्तर्गत बैतडीमा साझेदार संस्थाको रुपमा अनिरुद्र ग्रामीण सुधार केन्द्रले काम गर्दै आईरहेको छ ।

Atrya hospital

कोरोना भाईरस नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले ३ लाख बराबरको स्वास्थ्य सामग्री आइतबार हस्तान्तरण गरिएको ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाका पूर्ण चन्दले बताए ।

अन्य पालिकाहरुमा पनि ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाले स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी भएको कार्यक्रम निर्देशक अवस्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update