Sagun Khabar
बैतडीमा सोमबार थप ८ जनामा कोरोना पुष्टि, ७ जनाले कोरोना जिते 

बैतडी –बैतडीमा सोमबार थप ८ जनामा कोरोना पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका २, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र दोगडाकेदार गाउँपालिकाका थप १÷१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै रुकुम घर भएका एकजनामा पनि बैतडीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ । सोमबार ७ जनाले कोरोना जितेका छन् । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३०१ पुगेको छ । सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ७८ जना, पाटन नगरपालिकामा ५४ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, मेलौली नगरपालिकामा २५ जना,  र सुर्नया गाउँपालिकामा २३ जना रहेका छन् । 

Atrya hospital

यस्तै पञ्चेश्वर गाउँपालिकामा २३ जना, सिगास गाउँपालिकामा २२ जना, शिवनाथ गाउँपालिकामा १६ जना, पुर्चौंडी नगरपालिकामा ११ जना र दोगडाकेदार गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै अन्य जिल्लाका २ जना बैतडीमा सक्रिय संक्रमित रहेका छन् । 

 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update