Sagun Khabar
जिल्ला अस्पताल बैतडीको भेन्टिलेटर कक्ष सञ्चालन 
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर कक्ष सञ्चालनमा आएका छन् । अस्पतालमै भएको जनशक्तिले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

दक्ष जनशक्तिको अभावमा प्रयोगविहिन भएका भेन्टिलेटर बेड प्रदेश सरकारले फिर्ता लग्ने भनेपछि भएकै जनशक्तिबाट भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याइएको डा. जोशीले बताए । 

भेन्टिलेटर कक्षका लागि केही नर्सिङ स्टाफहरु थप्ने तयारी समेत भएको डा. जोशीले बताए । अहिले कोरोनाका गम्भीर बिरामीहरुलाई जिल्लामै भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको उनले बताए । अहिले पनि एकजनाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update