Sagun Khabar
स्वास्थ्य सामग्री वितरण गर्दै रेडक्रस बैतडी 

बैतडी –नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । चाईना रेडक्रसको सहयोगमा रेडक्रसको सुदूरपश्चिम प्रदेश समितिबाट प्राप्त स्वास्थ्य सामग्री वितरण गर्ने कार्य भईरहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम अधिकृत गोविन्द पन्तले जानकारी दिए  ।

कोरोना भाईरसको महामारी न्यूनीकरणका लागि अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई मास्क, सेनेटाइजर लगायतका स्वास्थ्य सामग्री वितरणको काम भईरहेको हो ।

Atrya hospital

जिल्लाका विभिन्न सरोकारवाला निकायहरुलाई स्वास्थ्य सामग्री वितरण गरिसकेपछि जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई स्वास्थ्य सामग्री वितरण गरिएको रेडक्रसका कार्यक्रम अधिकृत कमलापति भट्टले बताए ।

यसैबीच रेडियो निङ्गलाशैनीलाई पनि रेडक्रसका तर्फबाट मास्क हस्तान्तरण गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update