Sagun Khabar
बैतडीका देउडा गायक साउँदको निधन 

बैतडी -बैतडीका देउडा गायक उमेश साउँदको निधन भएको छ । शिवनाथ गाउँपालिका वडा २ शर्माली पौखर घर भएका उनको २७ बर्षको उमेरमा निधन भएको हो । गायक साउँदमा १ महिना पहिले कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाबाट निको भएका उनको फोक्सोमा समस्या आएपछि उपचारका लागि भारतको लखनउ गएका थिए । उपचारका क्रममा उनको लखनउमै निधन भएको पब्लिक पावर अभियानका संयोजक भोजराज जोशी क्वालिटीले बताए ।

Atrya hospital

फोक्सोका बिरामी रहेका उनको शुरुमा धनगढीको नवजीवन अस्पतालमा उपचार गरिएको र अवस्था सुधार नभए पछि थप उपचारका लागि लखनउ लगिएकोमा सोमबार उनको उपचारकै क्रममा निधन भएको उनले बताए । 

गीत संगीतका पारखी साउँदका आधा दर्जन बढी देउडागीत रहेका छन् भने डोटेली हास्य श्रृृखंलाहरुमा पनी उनले अभिनय गरेका छन् । साउँदको उपचारको लागी आर्थिक अभियान समेत सञ्चालन गरिएको थियो । 

गायक साउँदको निधन भएपछि गायक तथा कलाकारहरुले दुःख व्यक्त गरेका छन् । यस्तै शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउँद र उपाध्यक्ष कुस्मा चन्दले पनि शिवनाथले एक होनहार युवा गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update