Sagun Khabar
निर्वाचन सुरक्षा : तीन अवस्थामा माथिल्लो आदेशविना नै गोली चलाउने अधिकार
Atrya hospital

काठमाडाैं-निर्वाचनमा खटिएका सुरक्षाकर्मीले तीन अवस्थामा माथिल्लो निकायबाट आदेशविना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ ।

आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उत्पन्न हुने अवस्थामा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।

अन्य अवस्थामा भने गाेली चलाउनुअघि माथिल्लो निकायबाट आदेश लिनु पर्ने हुन्छ । निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन फिल्डका प्रहरीलाई स्पष्ट निर्देशन दिइएकाे गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update