काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रत्यक्षतर्फको मतगणना मतदान भएको ३ दिनमा र समानुपातिकतर्फको ८ दिनमा सक्ने बताएको छ।
चुनावका वेला हुने भोज भतेर नियन्त्रणका लागि स्थानीय तहदेखि केन्द्रसम्म निकायले काम गरिरहेको जानकारी पनि दिए। आयोगले मतदानका दिन दिउँसो पनि पत्रकार सम्मेलन गर्ने योजना बनाएको छ। पर्सामा भेटिएको १५ लाख मतपत्र नक्कली भएको जानकारी उनले दिए।
आयोगले मंसिर २२ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ। प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदान भएको १८ दिनपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको सम्पूर्ण विवरण बुझाउने बताए।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९ १६:१९
प्रतिक्रिया दिनुहोस्