Sagun Khabar
बैतडीमा समुदायमा कोरोना परीक्षण गरिँदै 

बैतडी–बैतडीमा समुदायमा एन्टीजेन विधिबाट कोरोना परीक्षण शुरु गरिएको छ । समुदायमा कोरोना परीक्षणका लागि प्रत्येक पालिकामा एन्टीजेन किट पठाएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

कोरोना भाईरसको महामारी नियन्त्रणका लागि समुदायमा कोरोना परीक्षणको दायरा बढाईएको भट्टले जानकारी दिए । जिल्लामा गएको वैशाख २० गतेदेखि निषेधाज्ञा जारी रहेकाले अहिले संक्रमणदर पनि घट्दै गएको उनले बताए । उनले भने ‘पहिलाको तुलनामा संक्रमणदर घटेको छ । हामीले समुदायस्तरमा पनि कोरोना परीक्षणको दायरा बढाएका छौं ।’

Atrya hospital

जिल्लामा एकहजारको हाराहारीमा सक्रिय संक्रमितको संख्या पुगेकोमा अहिले तीनसय जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा अहिले कोरोना निको हुने दर ८६ प्रतिशत भन्दा बढी छ । समुदायमा लक्षण भएकाहरुको चेकजाँच गर्नका लागि सबै पालिकामा एन्टीजेन कीट पठाइएको स्वासथ्य प्रमुख भट्टले जानकारी दिए ।

जिल्लाको शिवनाथ गाउँपालिकाले हप्ताको दुई दिन एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिरहेको  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले जानकारी दिए । 
यस्तै सुर्नया गाउँपालिकामा पनि समुदायमा कोरोना परीक्षण भईरहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले जानकारी दिए । 
जिल्लाको सिगास गाउँपालिका, डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकाले पनि एन्टीजेन कीटबाट समुदायमा कोरोना परीक्षण गरिरहेका स्वास्थ्य प्रमुख भट्टले बताए ।
बैतडीको दशरथचन्द नगरपालिका र पुर्चौंडी नगरपालिकामा भने समुदायमा परीक्षण गर्ने कार्य खासै नभएको स्वास्थ्य प्रमुख भट्टले बताए ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update