Sagun Khabar
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत 
Atrya hospital

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् ।  यो सँगै उनको पद जोगिएको छ । मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन् । उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमालेको खनाल –नेपाल समूहको प्रदेशसभा सदस्यहरुले भोट दिएका हुन् ।

मुख्यमन्त्री भट्टको विपक्षमा ९ मत खसेका थिए । कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए। उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update