झापा – झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् ।
६२ सय मत गन्दा ओलीले ३२ सय १२ मत प्राप्त गरेका छन् । उनी नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीभन्दा १६ सय ८९ मतले अघि रहेका छन् ।
कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १५ सय २३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ६०२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ १८:३१
प्रतिक्रिया दिनुहोस्