काठमाडौं – मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्वाचित भएका छन्। गुरुङ २ हजार ५७७ मत पाउँदै विजयी भएका हुन् ।
उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन् । छोपाङले २ हजार २४७ मत पाएका छन् ।
०७४ मा एमालेका गुरुङ विजयी भएका थिए। ०७४ मा एमालेका गुरुङले २३ सय मतसहित चुनाव जितेका थिए भने कांग्रेसका टेकबहादुर २०२१ मत पाएर पराजित भएका थिए । उनी ०७० मा संविधानसभा सदस्य बनेका थिए ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९ २३:०८
प्रतिक्रिया दिनुहोस्