Sagun Khabar
बैतडी : डिलाशैनीमा आन्तरिक मूल्यांकनबाट विद्यार्थीको परीक्षाफल प्रकाशन गरिने 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरुको अन्तिम परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।

गाउँपालिकाभरीका सबै विद्यालयलाई जेठ मसान्तभित्र विद्यार्थीको अन्तिम परीक्षाफल आन्तरिक मूल्यांकनमा आधारमा प्रकाशन गर्न निर्देशन दिइएको गाउँपालिकाका गाउँपालिका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए  । कोरोना भाईरसको महामारीका कारण भौतिक उपस्थितीमा परीक्षा सञ्चालन गर्न नसकिने भएकाले आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल प्रकाशन गर्न आग्रह गरिएको उनले बताए ।

Atrya hospital

कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको यो भन्दा पहिला सञ्चालन गरिएका परीक्षाको नतिजाको आधारमा ६० प्रतिशत र निरन्तर मूल्यांकनको आधारमा ४० प्रतिशत अंक भार हुने गरेर परीक्षाफल प्रकाशन गर्न भनिएको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

यस्तै विद्यालयका प्रधानाध्यापकको संयोजकत्वमा तीन सदस्यीय मूल्यांकन समिति गठन गर्न समेत भनिएको छ । सो समितिका कक्षा शिक्षक र बिषय शिक्षकलाई सदस्यको रुपमा राख्न आग्रह गरिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, जेठ २५, २०७८  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update