Sagun Khabar
बैतडीमा सरकारी कार्यालयहरुको विकास खर्च न्यून 

बैतडी –बैतडीमा सरकारी कार्यालयहरुको विकास बजेट खर्च न्यून देखिएको छ । आर्थिक बर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा जिल्लाका विकासे कार्यालयहरुको पूँजीगत बजेट खर्च न्यून भएको पाइएको हो । 

सबैभन्दा बढी बजेट भएको पूर्वाधार विकास कार्यालयले १ अर्ब ३९ करोड २० लाख ६१ हजार बजेट मध्ये ८१ करोड १७ लाख बजेट मात्रै खर्च भएको छ । यो कुल बजेटको ५८.३ प्रतिशत मात्रै खर्च भएको छ । यद्यपि कार्यालयले काम भएको तर भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । 

Atrya hospital

यस्तै जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयको २२ करोड २४ लाख बजेट मध्ये ५ करोड ३७ लाख ९६ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको २४.१८प्रतिशत मात्रै खर्च भएको छ । यसैगरी घरेलु तथा साना उद्योग विकास समितिको ४६ लाख १० हजार बजेट मध्ये ४ लाख २ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको ८.७२ प्रतिशत मात्रै खर्च भएको छ । 

यसैगरी शहरी विकास तथा भवन निर्माण कार्यालयको १६ करोड २६ लाख ६३ हजार पूँजीगत बजेट मध्ये ७ करोड १० लाख ७३ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको ४३.६९ प्रतिशत खर्च भएको छ । 

यस्तै डिभिजन वन कार्यालयको ३ करोड २७ लाख ५९ हजार बजेट मध्ये १ करोड १९ लाख २ हजार खर्च भएको छ । यो कुल बजेटको  ३६.३३ प्रतिशत मात्रै खर्च हो । यसैगरी जिल्ला अस्पातलको १ करोड ५ लाख मध्ये ३ लाख १६ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको २.१ प्रतिशत मात्रै खर्च भएको छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरीदका लागि आएको बजेटको टेण्डर आह्वान भएको र खर्च भईनसकेकाले कम खर्च देखिएको कोष तथा नियन्त्रण कार्यालयका लेखापाल भानदेव भट्टले जानकारी दिए । 

यस्तै स्वास्थ्य कार्यालयको १ करोड ९० लाख २१ हजार बजेट मध्ये ५५ लाख ७८ हजार खर्च भएको छ । यो कुल बजेटको २९.३२ प्रतिशत मात्रै खर्च भएको छ । यसैगरी कृषि ज्ञान केन्द्रको १ करोड १५ लाख २० हजार बजेट मध्यृे ३३ लाख ९ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको २८.७२ प्रतिशत मात्रै खर्च भएको छ ।

यसैगरी सुख्खा फलफूल विकास केन्द्रको २८ लाख ३० हजार मध्ये ६ लाख ५ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको २१.३७ प्रतिशत मात्रै खर्च भएको छ । यस्तै खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको ४१ करोड ४३ लाख ५ हजार पूँजीगत बजेट मध्ये ११ करोड ७ लाख ८५ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको २६.७३ प्रतिशत मात्रै खर्च भएको छ । 

प्रदेश सरकार मातहत रहेका विकासे कार्यालयहरुको विकास खर्च आर्थिक बर्षको अन्तिम सम्म पनि कमै रहेको देखिन्छ । एक महिनाको अवधिमा खर्चको आकार बढ्ने बताइएको छ ।कतिपय कार्यालयहरुले काम सम्पन्न भएको र भुक्तानी लिन बाँकी रहेकाले खर्चको प्रतिशत कम देखिएको जनाएका छन् ।  
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update