Sagun Khabar
१५ बर्षीय लक्ष्मणको उपचारमा आर्थिक अभाव, सहयोग अभियान सुरु 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका ६ सिम्तडीका १५ बर्षीय लक्ष्मण साउँदको उपचारमा समस्या भएको छ । केही दिन अघि डडेल्धुरा अस्पतालमा एपेन्डीक्सको अप्रेशन गराएका साउँदको बिरामी बल्झेपछि अहिले नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । 

नेपालगञ्जमा लक्ष्मणको उपचार भईरहेको भएपनि आर्थिक अभावले उपचार गराउन निकै कठीन भएको उनकी आमा मन्नु साउँदले बताइन् । लक्ष्मणका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका र घरमा आर्थिक अवस्था निकै कमजोर रहेकाले सहयोग गरिदिन उनकी आमाले आग्रह समेत गरेकी छन् । 

Atrya hospital

लक्ष्मणको घरमा आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा समस्या भएको कृषि प्राविधिक लक्ष्मी भट्टले बताइन् । उनले भनिन् ‘सानो सहयोगले लक्ष्मणको ज्यान जोगिने भएकाले सहयोग गरिदिन आग्रह गर्दछु । सबैको सहयोगले १५ बर्षीय बालकको ज्यान जोगिन सक्छन । यसमा सबैले सहयोग गरौं ।’ 

यसैबीच लक्ष्मणको उपचारमा सहयोग पुर्याउन बैतडीमा अभियान समेत शुरु भएको छ । लक्ष्मणको उपचारमा सहयोग होस भनेर अभियान सञ्चालन गरिएको अभियान्ता महेश भट्टले जानकारी दिए । उनले भने ‘हामीले लक्ष्मणको ज्यान जोगाउनका लागि सहयोग अभियान शुरु गरेका छौं । सबैलाई सहयोगका लागि अपिल गर्दछु ।’

लक्ष्मणको उपचारमा सहयोग पुर्याउन रकम संकलन गर्ने काम भईरहेको भट्टले बताए । 

यसैबीच आफ्नो जन्मदिनको अवसर पारेर सिगास गाउँपालिकामा कार्यरत धौली भट्टले लक्ष्मणको उपचारका लागि ३ हजार ३३३ रुपैया सहयोग गरेकी छन् । लक्ष्मणको उपचारमा सहयोग गर्नुहुने महानुभावहरुले ग्लोबल आइएमई बैंक बैतडीमा रहेको खाता नम्बर ३१०७०१०००९९८० मा रकम जमा गर्न सकिने छ । 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update