काठमाण्डौं –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ह्याट्रिक जित निकालेका छन् । काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०१ मत पाए भने नेकपा एमालेका उम्मेदवार १३ हजार ८५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तर थप फराकिलो बनाएका छन् ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ १२:०१
प्रतिक्रिया दिनुहोस्