Sagun Khabar
चितवन –२ मा अघि लागे रवि लामिछाने 

चितवन –चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

Atrya hospital

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । ढकालले ६ हजार ३६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले ५ हजार ३९९ र सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. विश्वनाथ पौडेलले ५ हजार २९५ मत पाएका छन् ।

यसैगरी चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवार विक्रम पाण्डे अगाडि छन् । उनले ४ हजार ७७० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका जिता बराल ३ हजार ९७७ मतसहित दोस्रो स्थामा छन् । पाण्डे र बरालबीच ७९३ मतको अन्तर छ ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update