काठमाण्डौं –नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतले पराजित गर्दै पौडेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
गत आइतबार सम्पन्न मतदानमा यहाँ ४५ हजार ९८७ मत खसेको थियो । जसमध्ये पौडेलले १५ हजार २३७ मत र पोखरेलले १० हजार १७२ मत पाएका छन् ।
यद्यपि, निर्वाचन आयोगले औपचारिक रुपमा भने घोषणा गर्न बाँकी छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९ २१:४६
प्रतिक्रिया दिनुहोस्