Sagun Khabar
सुर्नया ६ मा अझै नियम विपरीत वडा सचिव !

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ मा नियम विपरीत राखिएका वडा सचिवलाई अझै हटाइएको छैन् । वडामा स्थायी कर्मचारी हुँदाहुँदै करारका कर्मचारीलाई सचिवको जिम्मेवारी दिएको भन्दै आलोचना भईरहेको भएपनि गाउँपालिकाले अझै पनि सचिवको जिम्मेवारी फेरेको छैन् । 

वडा कार्यालयमा कार्यरत स्थायी कर्मचारी टंकप्रसाद अवस्थीले आफूलाई प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जिम्मेवारी विहिन बनाएको आरोप लगाए । यो बिषयमा समाचार आईसकेपछि समेत भट्टले कुनै चासो नदिएको र आफू जुनियर कर्मचारीको मातहतमा रहेर काम गरिरहेको उनले बताए । 

Atrya hospital

सुर्नया गाउँपालिकाको वडा नं. ६ मा नियम विपरीत सचिव राखिएको बारेमा जिल्ला प्रशासन कार्यालयले पनि नियम अनुसार सचिव राख्न गाउँपालिकालाई मौखिक निर्देशन दिएको थियो । तर जिल्ला प्रशासन कार्यालयको निर्देशन समेत अवज्ञा गरेर प्रमुख प्रशासकीय अधिकृत भट्टले अझै नियम विपरीत सचिव राखेको पाइएको छ । यो बिषयमा आफूले नियम अनुसार सचिव राख्न भनेको र फेरी पनि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकतलाई यो बिषयमा निर्देशन दिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

यसअघि सचिवको जिम्मेवारी सम्हाल्दै आएका टंकप्रसाद अवस्थी गएको फागुन १ देखि २२ गते सम्म बिदामा बसेकाले करारका कर्मचारीलाई सचिव जिम्मेवारी तोकिएको थियो । तर आफूले कार्यालयमा फर्किसकेपछि पनि जिम्मेवारी नदिएको अवस्थीले बताए । 


 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update