Sagun Khabar
दार्चुलामा ५५ बर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने 
Atrya hospital

दार्चुला –दार्चुलामा यही जेठ २७ गते र २८ गते कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार मंगलबार कोभिड १९ खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले जेठ २७ गते र २८ गते दुई दिन भेरोसेल खोप लगाउने निर्णय गरेको हो । 

जिल्लाका ५५ वर्ष उमेर माथिका नागरिकलाई खोप लगाइने निर्णय भएको बताइएको छ । देशका अन्य जिल्लाहरुमा ६२ देखि ६४ बर्षका नागरिकलाई खोप लगाउने भएपनि दार्चुलामा भने ५५ बर्ष माथिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत विरेन्द्र भट्टले बताए । 

सुदुरपश्चिम प्रदेशबाट दार्चुलाका लागि २ हजार ५५ डोज खोप प्राप्त भएको स्वास्थ्य कार्यालय दार्चुलाले बताएको छ । जिल्लामा २ हजार १ सय जनालाई खोप लगाउने तयारी भएको खोप अधिकृत भट्टले बताए ।  
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update