Sagun Khabar
बैतडीमा आज ३० जनाले कोरोना जिते, थप १९ जनामा संक्रमण पुष्टि 

बैतडी– बैतडीमा बुधबार ३० जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ३० जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै आज थप १९ जनामा कोरोना पुष्टि भएको छ । सुर्नया गाउँपालिकाका १५ जना, मेलौली नगरपालिकाका ३ र शिवनाथ गाउँपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या २७९ पुगेको छ ।

Atrya hospital

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ६१ जना, पाटन नगरपालिकामा ४७, डिलाशैनी गाउँपालिकामा ४० जना, मेलौली नगरपालिकामा ३१ जना र सुर्नया गाउँपालिकामा ३० जना रहेका छन् ।

यस्तै पञ्चेश्वर गाउँपालिकामा २४ जना,सिगास गाउँपालिकामा २२ जना, पुर्चौडी नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा ९ जना, शिवनाथ गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा अन्य ठाउँका दुईजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।  
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update