Sagun Khabar
संसद्‍ विघटन विरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
Atrya hospital

काठमाडौं – प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले बुधबार विपक्षीका नाममा कारण देखाउ ओदश दिएको हो । 

सर्वोच्च अदालतले सरकारबाट प्रतिनिधिसभा विघटनको कारणसहितको जवाफ पेश गरेपछि असार ९ गतेदेखि यो मुद्दाको निरन्तर सुनुवाइ गर्ने निर्णयसमेत सुनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update