Sagun Khabar
डिलाशैनीमा कांग्रेसले योजनाहरुको अनुगमन गर्ने 
Atrya hospital

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेसले गाउँपालिकामा भईरहेका विकास निर्माणका योजनाहरुको अनुगमन गर्ने भएको छ । विकासका नाममा हुन सक्ने अनियमितता रोक्नका लागि आफूहरुले प्रत्येक वडामा पुगेर अनुगमन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका आमन्त्रित जिल्ला कार्यसमिति सदस्य जयराज जोशीले जानकारी दिए  ।

प्रत्येक वडामा पार्टीका तर्फबाट अनुगमन समिति गठन गर्ने र योजनाहरुको अनुगमन गरिने जोशीले जानकारी दिए  । केही दिन अघि गाउँपालिकाको वडा नं ७ बसेको कांग्रेस वडा कार्यसमितिको बैठकले पालिकास्तरीय १० शैइयाको अस्पताल निर्माणका लागि उपयुक्त स्थानको खोजी गर्ने निर्णय भएको उनले बताए । सो अस्पताल निर्माणका लागि टेण्डर आह्वान भईसकेको छ । तर अस्पताल निर्माणका लागि उपयुक्त स्थान छनौट नगरेको जोशीले आरोप लगाए  ।

यस्तै पालिकामा भईरहेको भ्रष्टाचार र अनियमितिता रोक्नका लागि वडा नं ७ मा केशवदत्त जोशीको संयोजत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको जोशीले बताए । वडा कार्यसमिति सभापति परमानन्द जोशीको अध्यक्षतामा बसेको बैठकमा आमन्त्रित जिल्ला कार्यसमिति सदस्य जोशी प्रमुख अतिथी रहेका थिए ।  
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update