Sagun Khabar
पाटनका स्वास्थ्य संस्थाहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गरिने 

बैतडी –बैतडीको पाटन नगरपालिकाले ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोरोना भाईरसको महामारीका कारण स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउन नसकेका गर्भवती महिलाहरुका लागि अल्ट्रासाउण्ड सेवा सञ्चालन गर्ने तयारी भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

गर्भावस्थामा हुन सक्ने जटीलताका बारेमा समयमै पत्ता लगाएर मातृ तथा शिशुमृत्युदरमा कमी ल्याउन ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन ल्याइएको उनले बताए ।

Atrya hospital

नगरपालिकाले भोली कैलपाल स्वास्थ्यचौकीमा सो कार्यक्रम सञ्चालन गर्नेछ भने जेठ २८ गते सकार स्वास्थ्यचौकीमा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिनेछ । यस्तै जेठ ३० गते वसन्तपुर स्वास्थ्यचौकीमा गर्भवती महिलाहरुको अल्ट्रासाउण्ड गरिने स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए ।

कोरोना भाईरसको महामारी कायमै रहेकाले स्वास्थ्यका मापदण्ड अपनाएर स्वास्थ्य संस्थामा आउन समेत उनले आग्रह गरे । यस्तै नगरपालिकाका अन्य वडाहरुमा असार ६ गतेपछि ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update