Sagun Khabar
नेपालमा आज थप ४ हजार ३४४ जनामा कोरोना पुष्टि

काठमाण्डौ – गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ ।

Atrya hospital

आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् ।

यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नौ सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएका छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ ।

 यस्तै कोरोना भाइरसको सङ्क्रमणका कारण थप ८१ जनाको ज्यान गएको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update