काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । संसदीय निर्वाचनको परिणाम आइरहेको र नयाँ सरकार गठनबारे चासो बढिरहेका बेला देउवा र श्रीवास्तवबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार अरुण सुवेदीका अनुसार भेटमा भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।
राजदूत श्रीवास्तवले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेकोमा प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे छलफल नभएको बताएका थिए ।
प्रकाशित मिति: शनिबार, मंसिर १०, २०७९ १९:४८
प्रतिक्रिया दिनुहोस्