Sagun Khabar
सुदूरपश्चिममा बुधबार ५७५ जनाले कोरोना जिते, कोरोनाबाट ३ जनाको मृत्यु  
Atrya hospital

बैतडी – सुदूरपश्चिममा बुधबार ५७५ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये आज ५७५ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । निर्देशनालयका अनुसार कैलालीका ३ जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५२९ जनाको कोरोना परीक्षण गर्दा थप २५३ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update