सुनसरी-नेपाली कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका कर्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १२:१४
प्रतिक्रिया दिनुहोस्