काठमाडौँ-दार्चुलास्थित महाकाली नदी अतिक्रमण र नेपालीमाथि भारतीय पक्षको ज्यादतीविरुद्ध बुधबार काठमाडौंका ठाउँ ठाउँमा प्रदर्शन भएको छ।
भारतविरुद्ध चर्का नाराबाजीमा उत्रिएका प्रदर्शनकारीहरुले नेपाली नागरिकमाथि अन्याय हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको भन्दै आलोचना गरेका छन्। भारतले उत्तारखण्डतर्फ तटबन्ध बनाउँदै महाकाली नदी नेपालतिर धकेलिरहेको छ। त्यसको विरोधमा उत्रिएका नेपालीमाथि त्यहाँ भारतीयहरुले आक्रमण गरिरहेका छन्।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९ १७:४०
प्रतिक्रिया दिनुहोस्