Sagun Khabar
अवैध बोर्डिङ सञ्चालन भएको भन्दै प्रशासनमा उजुरी 

बैतडी – बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ मा दर्ता नै नभएको बोर्डिङ स्कुल सञ्चालन भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । निजी लगानिबाट सञ्चालन भएको बोर्डिङमा सरकारी रकम हालेर खेलमैदान बनाइएकाले तत्काल छानबीन गरी दोषी उपर कारवाही गर्न उजुरीमा आग्रह गरिएको छ ।

सुर्नया गाउँपालिका ७ को एस के बोर्डिङ स्कुल दर्ता नभएको र त्यसमा वडाबाट खेलमैदान निर्माणका लागि रकम गएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो ।

Atrya hospital

यस्तै सुर्नया गाउँपालिकाको फेसबुक आइडीबाट आफूहरुलाई बिना कारण हटाएको ब्लक गरेको भन्दै गाउँपालिकाका कर्मचारीमाथि छानबीन गर्न समेत उजुरी परेको छ । गाउँपालिकामा भईरहेका विकृतिका बिषयमा खबरदारी गरीरहेकोले आफूहरुलाई ब्लक गरेको निवेदकहरुले उजुरीमा उल्लेख गरेका छन् ।

इमेल मार्फत उजुरी प्राप्त भएको र यो बिषयमा आवश्यक छानबीन गरिने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update