बैतडी –बैतडीमा जारी तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय भलिबल प्रतियोगितामा लिग चरणका खेल सम्पन्न भएका छन् । लिग चरणका खेल सकिएसंगै पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाको टीम प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा क्वाटर फाइनलमा प्रवेश गर्ने ८ टोलीको टुंगो लागेको छ । जारी प्रतियोगतामा आयोजकसहित दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ, सिगास, पञ्चेश्वर र डिलाशैनी गाउँपालिका क्वाटर फाइलनमा प्रवेश गरेका हुन् ।
पाटन नगरपालिका सुर्नया गाउँपालिका र आयोजकलाई पराजित गर्दै समुह विजेता बनेर क्वाटर फाइनलमा प्रवेश गरेको हो । पाटनले सुर्नयालाई ३–१ को सेटमा पराजित गरेको हो । त्यसैगरी आयोजकलाई पनि पाटनले ३–१ ले नै पराजित गर्दै समुह विजेता बन्यो ।
यसैगरी आजै भएको खेलमा मेलौलीले डिलासैनीलाई ३–१ले पराजित गर्यो । दनपा र शिवनाथबीच भएको खेलमा पनि दनपाले ३–१ ले नै आफ्नो पक्षमा पारेको हो ।
आज शिवनाथ र पुर्चाैडीबीच भएको खेलमा पनि शिवनाथले ३–०को सोझो सेटमा सेटमा जित हात पार्यो । भोलि क्वाटर फाइनल खेल हुँदै फाइनल खेल समेत हुने बताइएको छ ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।