जाजरकोट – जाजरकोटमा जिप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा दुर्घटना भएको हो । कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ ।
दशेराको जेवाबाट लेवा जाँदै गरेको जीप दुर्घटनामा परेको हो । ज्यान गुमाउने धेरैजसो लेवा गाँउका छन् । उनीहरूको परिचय खुल्न बाँकी छ । दुर्घटनामा तीन जना गंभिर घाइते भएका छन् । घाईतेको दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार भैरहेको स्थानीय प्रेम रावतले जानकारी दिए । घटनको विस्तृत विवरण आउन बाँकी छ।
घटना स्थलमा प्रहरी पुगिसकेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर २६, २०७९ १८:२१
प्रतिक्रिया दिनुहोस्